महामारीलाई बेवास्ता नगर्नू: डब्लूएचओ
- Khabar Nirantar
- २०७७ असार २०
जेनेभा – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरस महामारी जादुमयी तरिकाले नहट्ने भन्दै यसलाई बेवास्ता नगर्न आग्रह गरेको छ ।
संक्रमण फैलने क्रम बढ्दो रुपमा नै रहेको भन्दै डब्लूएचओले यसको नियन्त्रणका उपाय उचित तरिकाले अपनाउन सुझाव दिएको छ । संक्रमणको दरमा कमी नआएको यथार्थप्रति डब्लूएचओले चिन्ता प्रकट गरेको पनि छ । डब्लूएचओका आपतकालीन सेवा निर्देशक मिखायल र्यानले शुक्रबार मिडियासँग यस्तो जनाएका हुन् ।
निर्देशक र्यानले सबैलाई सचेत रहन पनि आग्रह गरेका थिए । कोरोनाभाइरसका कारण विश्वभर १ करोड ११ लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् । साथै ५ लाख २९ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।
शीर्ष समाचार
- राहत शिक्षक र सरकारबीच सहमति,आन्दोलनका कार्यक्रम फिर्ता
- नेपाल नगपालिका संघ र गाउँपालिका महासंघद्वारा सरकारलाई कार्यविस्तृतिकरण सुझाव प्रतिवेदन हस्तान्तरण
- अर्थ समितिका सभापतिको गुनासो : सरकारले ८० प्रतिशत निर्देशन कार्यान्वयन गरेन
- अर्थ समितिको कार्यविधि : ३० मिनेट भन्दा ढिला भए सभापतिले वैठक स्थगित गर्न सक्ने
- राजा खोज्दै छ समाज
प्रतिकृया दिनुहोस्