December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

आत्महत्या गर्नुअघि गुगोलमा यस्तो सर्च गरेका रहेछन् सुशान्तले

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको भारतीय सञ्चार माध्यमले लगातार उनको आत्महत्या पछिको खबर फलोअप गरिरहेका छन् । हालै उनको मोबाइलको प्राथमिक फोरेन्सिक रिपोर्ट सार्वजनिक भएको छ ।

भारतीय सञ्चार माध्यम जीन्यूज इन्डियाका अनुसार सुशान्तले १४ जूनमा आत्महत्या गर्नुअघि करिब सवा १० बजे आफ्नो मोबाइलको गुगल सर्च इन्जिनमा आफ्नै नाम सर्च गरेका थिए ।

स्रोतले दाबी गरे अनुसार सुशान्त सिंह राजपूतसँग नजिक भएकाहरुले प्रहरीलाई दिएको बयानमा सुशान्त पछिल्लो केही समयदेखि मानसिक समस्यासँग गुज्रिरहेको र उनलाई थुप्रै पटक कसैले जानीजानी उनको इमेज खराब गर्ने कोसिस गरिरहेको जस्तो लाग्छ । पत्रिका, वेबसाइट, सोसल मिडियामा उनीबारे छापिएको खबरको विषयमा उनी धेरैजसो आफ्नो टिमसँग छलफल गर्थे । उनलाई सायद यस्तो लाग्थ्यो कि कसैले उनलाई बदनाम गर्नका लागि षड्यन्त्र रचिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको