July 27, 2024, Saturday
KN hd tv

चिर्पटले हानेर श्रीमतिद्धारा श्रीमानको हत्या

रुकुम पूर्व – श्रीमतीले हानेको चिर्पटले लागेर एक जनाको ज्यान गएको छ ।
सिस्ने गाउँपालिका–२ का २३ वर्षीय बिछोड बिकको श्रीमती रेश्मा बिकले चिर्पटले हान्दा ज्यान गएको हो ।

पारिवारिक विवादको क्रममा मंगलबार राति ११ बजे बिछोडको श्रीमतीले दाउराको चिर्पटले टाउकोमा हानेको र श्रीमानको ज्यान गएको वडाध्यक्ष जीवन केसीले बताउनुभयो ।

वडाध्यक्ष केसीका अनुसार, बिहानपख मात्र घटनाबारे खबर पाएपछि प्रहरीलाई खबर गरिएको हो । बिछोडको टाउको, नाक, मुखबाट धेरै रगत बगेपछि ज्यान गएको हुनसक्ने उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङका अनुसार प्रहरी घटनास्थलमा पुगिसकेको र रेश्मा बिकलाई नियन्त्रणमा लिइएको छ

शीर्ष समाचार

धेरै पढिएको