October 22, 2024, Tuesday
KN hd tv

त्रिभुवन विश्वविद्यालयले आज ६१औं स्थापना दिवस मनाउँदै

काठमाडौं त्रिभुवन विश्वविद्यालयले आज सोमबार ६१औं स्थापना दिवस मनाउँदै छ ।

लकडाउनका कारण गत चैत ७ गतेदेखि बन्द रहेको विश्वविद्यालयले आउँदो दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थी संख्यासहितको ग्रेस लिस्ट पारित गर्ने भएको छ ।

त्रिविसभाको बैठकले ग्रेस लिस्ट पास गरेपछि ती विद्यार्थी पुसमा आयोजना हुने दीक्षान्त समारोहमा सहभागी हुने छन् । सभाले ५६ हजार ७ सय १३ जनाको ग्रेस लिस्ट पास गर्नेछ ।

विसं २०७६ असार १ गतेदेखि २०७७ जेठ मसान्तसम पीएचडीदेखि स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीको नाम ग्रेस लिस्टमा समावेश हुनेछ ।

प्रधानमन्त्री एवं त्रिविका उपकुलपति केपी शर्मा ओलीको उपस्थिति नहुने भएपछि सभाको अध्यक्षता सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेल गर्नेछन् ।

शीर्ष समाचार

धेरै पढिएको