October 22, 2024, Tuesday
KN hd tv

कार्य सम्पादन सन्तोषजनक नभएका कर्मचारीलाई हटाइन्छ: मन्त्री भट्टराई

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काम नगर्ने कर्मचारीलाई हटाउने चेतावनी दिएका छन् ।

आइतबार पर्यटन मन्त्रालयमा सिनियर मेनेजमेन्ट टिम(एसएमटी) बैठकमा बोल्दै मन्त्री भट्टराईले कार्य सम्पादन सन्तोषजनक नभएका कर्मचारीलाई हटाउने बताएका हुन् ।

‘अहिल्यै मैले पूर्व सूचना गरेको छु । साउनवाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौं । राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ । त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला,’ उनले भने ।

आफूले प्रधामन्त्रीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने अभ्यास स्मरण गराउँदै मन्त्री भट्टराइले कर्मचारीले मन्त्रालयका सचिवसँग गरेको कार्यसम्पादनको नतिजा आउने गरी काम गर्नुपर्ने उल्लेख गरे ।

शीर्ष समाचार

धेरै पढिएको