October 22, 2024, Tuesday
KN hd tv

प्रदेश २ सरकारद्धारा सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतक परिवारलाई रु एक/एक लाख दिने घोषणा

जनकपुर- वर्षायाम शुरु भएदेखी बाढी–पहिरो र चट्याङको जोखीम बढेको छ । यसै बिच प्रदेश नं २ सरकारले सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतक परिवारलाई रु एक/एक लाख दिने घोषणा गरेको छ ।

प्रदेश नं २ को भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले अविरल वर्षासँगै बिहीबार परेको चट्याङ लागेर मृत्यु भएका मृतक परिवारलाई प्रदेश नं २ सरकारले रु एक/एक लाख दिने घोषणा गरेको उनले जानकारी दिए ।

चट्याङ लागेर मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

वर्षासँगै परेको चट्याङ लागेर बिहीबार सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ की ३० वर्षीया ललितादेवी यादव, महदेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव तथा राजगढ गाउँपालिका ३ का ४५ वर्षीय केसीलाल साहको ज्यान गएको थियो ।

जसमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने साहको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको