‘गुलाबी’ बन्यो ‘गुन्युचोलो’
काठमाडौं – फिल्म ‘गुलाबी’को नाम परिवर्तन गरिएको छ । निर्माण युनिटले फिल्मको नाम ‘गुलाबी’ बाट ‘गुन्युचोलो’ राखेको हो । फिल्मका निर्देशक समुन्द्र भट्ट हुन् ।
फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनको अधिकार अमेरिकी कम्पनी ‘भिजिअल इन्टरटेन्मेन्ट’ले खरिद गरेको छ । फिल्मको अधिकार अमेरिकी कम्पनीले लिएसँगै फिल्मको नाम परिवर्तन गरेर ‘गुन्युचोलोः कमिङ अफ एज अफ अ गर्ल’ राखिएको हो ।
ट्रान्सजेन्डरको कथामा बनेको फिल्मको मुख्य भूमिकामा अभिनेता नाजिर हुसेन छन् । नाजिरको अलवा फिल्ममा संचिता लुइँटेल, सुशील सिटौला, विशाल पहारीको मुख्य भूमिका छ ।
फिल्म विश्व बजारमा एकसाथ रिलिज गर्ने तयारी भएको छ । फिल्मको कथा निर्देशक भट्टकै हो, भने पटकथा तथा संवाद लेखन रामकुमार श्रेष्ठ र नाजिर हुसैनले मिलेर गरेका हुन् ।
‘गुलाबी’ मा आलोक शुक्लाको छायांकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशक र लेखु सहयात्री र शान भुषालको संगीत छ ।
प्रतिकृया दिनुहोस्