October 22, 2024, Tuesday
KN hd tv

मंगलवार बस्ने मन्त्रीपरिषदको वैठकले प्रहरी महानिरीक्षकको टुंगो लगाउने

काठमाडौं– सरकारले एआईजी शैलेश थापा क्षत्रीलाई प्रहरी महानिरीक्षक बनाउने तयारी गरेको छ । हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ मा अनिवार्य अवकास पाउंदैछन् । प्रहरीको २८ औं महानिरीक्षकको लागी एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नै आईजीपी बनाउन लागेको हो । मंगलवार सांझ ४ बजे बस्ने मन्त्रीपरीषदको वैठकले उनलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने तयारी सरकारको छ ।

प्रहरी मुख्यालयले नयां आईजीपीको स्वागत र हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको विदाई कार्यक्रममा उपस्थित हुन सातै प्रदेशका डिआईजीलाई काठमाडौं बोलाइसकेको छ ।

प्रधानमन्त्री निकट उच्च स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री केपी शर्मा ओली वरियतामा एक नम्बरमा रहेका थापालाई नै प्रहरी महानिरीक्षक बनाउने निर्णय गरिसकेका छन् । उनले प्रहरीमा यसअघि वरियता मिच्ने काम भएको र त्यसले संगठनमा राजनीतिकरण भएको भन्दै अहिले वरियता र कार्यसम्पादनका आधारमा नै आईजीपी नियुक्त गर्ने निकटस्थहरुसंग बताइसकेका छन् । आईजीपी नियुक्तीबारे उनले नेकपाका अर्का अध्यक्ष प्रचण्डसंग पनि छलफल गरेका छन् । नेपाल विद्युत प्राधिकरणका हालका कार्यकारी प्रमुख कुलमान घिसिंङलाई प्राधिकरणमा दोहोर्याउने र प्रहरीमा वरियता नमिच्ने सहमती दुवैवीच भएको स्रोतको दावी छ ।

यसअघि तत्कालिन सरकारले प्रहरीमा वरियता मिचेर तीन नम्वरमा रहेका डिआईजी जयबहादुर चन्दलाई सरकारले आईजीपी नियुक्त गरेको भन्दै ओलीले सरकारको आलोचना गरेका थिए । त्यो बेला एक नम्बरमा डिआईजी रहेका नवराज सिलवालमाथी सरकारले अन्याय गरेको उनको भनाई थियो । सिलवालको पक्षमा ओलीले संसदमा समेत आवाज उठाएका थिए भने पछि प्रतिनिधीसभाको उम्मेदवार समेत बनाएका थिए । हाल उनि प्रतिनिधीसभाको सदस्य छन् ।

प्रहरी महानिरीक्षकको नियुक्तीका लागी प्रतिस्पर्धीहरुबीच यसअघि अस्वस्थ प्रतिस्पर्धा हुने गरी पनि थापा र पालले भने जो भएपनि मिलेर काम गर्ने सहमती गरेका छन् । उनिहरुले सरकारले विश्वास जस्लाई गरेपनि मिलेर काम गर्ने सहमती गरेको निकटस्थहरुको दावी छ ।

२०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका उनिहरु प्रहरीमा व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् ।

थापाले प्रहरीको केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी प्रमुखको रुपमा यसअघि काम गरेका थिए । हाल उनि मानव स्रोत साधन तथा प्रशासन विभागको प्रमुख छन् । त्यसैगरी पालले २ नम्बर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुका साथै विशेष ब्युरोमा समेत लामो समय बसेर काम गरेको अनुभव छ । उनि हाल मानव कार्य एवं अपराध अनुसन्धान विभागको नेतृत्व समेत गरिरहेका छन् ।

क्षत्रीले सशस्त्र द्वन्द्वका बेला जिल्ला प्रहरी सल्यानको प्रमुख भएर काम गरेका थिए। त्यसपछि क्रमशः सिन्धुपाल्चोक, कास्की, धादिङ र झापामा प्रहरी प्रमुख भए।

शीर्ष समाचार

धेरै पढिएको