October 22, 2024, Tuesday
KN hd tv

प्रधानमन्त्री ओलीका पाँच विकल्प


सरोज अधिकारी,


काठमाण्डौँ – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शार्मा ओलीले अठात् संसद अधिवेशन अन्त्य गरेपछि सत्तारुढ नेकपाअब फुटको संघारमा पुगेको छ । बालुवाटारमै भएको स्थायि समिति बैठकमा जानइन्कार गर्नु र पार्टीका बरिष्ठ नेताहरुसँग नै भेट्न अनिच्छिुक भएका प्रधानमन्त्रीले विभिन्न व्यक्तिहरु प्रयोग गरेर संसदीय दलमाआफ्नो पकट कायम गर्ने रिहर्सल सुरु गरेका छन् । प्रधानमन्त्री ओलीको यो तयारीले अब नेकपा लगभग फुटको अन्तिमत यारीमा रहेको बुझ्न कठिन छैन । इतर पक्षपनि करीब करीब नेकपा फुटिसकेको निष्कर्षमा पुगेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले बिहिबारको बैठकमा र्नै पहिलो अध्यक्षले नै पार्टी फुटाएको’ आरोप लगाईसको छन् ।
नेकपा भित्रको यो पेचिलो विवादका बीचअब एकहुनका लागि केही विकल्पमात्र बांकी छन् भने ओली प्रधानमन्त्री बनिरहनका लागि थुप्रै विकल्पहरु छन् ।केही विकल्पहरुको यहाँचर्चा गरिएको छ ।
पार्टीलाई एकताबद्ध बनाएरै पदमा टिक्ने

पार्टीलाई एकताबद्ध बनाउने सन्र्दभमा अब ओली सँग जम्माजम्मी दुई विकल्पमात्र छन् । त्यसका लागि प्रधानमन्त्रीओलीले आत्माआलोचना गरेर पार्टी कमिटी निर्णयलाई मान्ने संकल्प गरे भने तत्कालका लागि इतर खेमादाहाल नेपाल गुटचुप लाग्ने अवस्थाहुन सक्छ । तर यो संभावनाक म छ । प्रधनमन्त्री ओलीआफुलाई लागेको विषयमा पछि हट्ने स्वभावका छैनन् । र उनले अहिले सम्मपनि आफुले गल्ती नगरेको बताईरेहका छन् । पार्टीलाई एक बनाउनका लागिअर्को विकल्प भनेको त्याग हो । इतर पक्षले भने जस्तै पार्टीलाई एकताबद्ध बनाउन ओलीले अध्यक्ष र प्रधानमन्त्री मध्ये दुवै वा एक पद मात्र छोडि दिएभने पनि तत्कालका लागि नेकपा विवाद मिल्न सक्छ । जुन विकल्प त झनओली सुन्न पनि तयार छैनन् । प्रधानमन्त्री ओलीले आफु निकटका मार्फत दुवै पदमाआफु निर्वाचित भएर आएकाले छोड्नै नसकिने अडान राखि सकेका छन् । ओलीका तर्फबाट पार्टीलाई एक बनाउन यी विकल्पबाहेक अन्य छँदैछैन ।

पार्टी एक बनाउन नसकिए के गर्ने त ?

यदि पार्टीलाई एकताबद्ध बनाएर आफु सोहीपदमा टिकिरहने अवस्था नहुँदा प्रधानमन्त्री ओलीसँग अरु थुप्रै विकल्प छन् । त्यस मध्येका केही विकल्प प्रधानमन्त्रीओलीले प्रयोगमा समेत ल्याउन थालिसकेका छन् । पार्टीलाई एक बनाउन नसक्दा प्रधानमन्त्रीओली सबै हतकण्डा अपनाएर पनि सत्तामा टिकिरहन चाहान्छन् । त्यसकालागि नै सबैलाई ठेगान लगाउने उद्देश्यले ओलीले संसद अधिवेशन नै अन्त्य गरीदिएका छन् । संसद नचलेपछि प्रधानमन्त्री ओलीलाई के फाईदा पुग्छ त भन्ने जिज्ञासा हुन सक्छ । संसद चलेको बेलाकुनै पनिअध्यदेश ल्याउन नपाउने संवैधानि कव्यवस्था छ । आफु अनुकुलअध्यदेश ल्याउन अब ओलीलाई बाटो खुलेको छ । उनले अब ४० प्रतिशत सदस्य सँख्या संसदीय दलवा पार्टी केन्द्रीय समिति जहाँ पुगेपनि फुटेको दलको मान्यता पाउने गरी कानुन अध्यदेशबाट ल्याउन सक्छन् । जुन उनि प्रधानमन्त्रीमा टिकिरहने उउटा विकल्प हुन्छ । यदी नेकपाको बहुमतले निर्णय गरेर प्रधानमन्त्री ओलीलाई हटायो भने ओलीले संसदीय दल फुटार नयाँ दल खोल्न सक्छन् । यसअघि नै ओलीलाई जोडेर नेकपा एमाले दर्ता भएको चर्चा चलिसकेको छ । त्यो अवस्था भएमाआफुसँग भएका सांसद र अन्य वर्तमान विपक्षीहरुलाई लिएर ओलीले वर्तमान सरकारलाई निरन्तरतादिन सक्छन् ।
यदी यो बाटो सहजलागेन भने प्रधानमन्त्री ओलीसँगअन्य विकल्प पनि छ । त्यसका लागि उनले राष्ट्रपति विद्यादेवी भण्डारीको साथ लिनुपर्नेछ । प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भण्डारीको बलियो साथ छ भन्ने समयक्रमले पुष्टी गरीसकेको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीओलीले संकटकाल घोषणा गरेर आफु टिक्ने बाटो रोज्न सक्छन् । त्यति पनि भएनभने प्रधानमन्त्रीओलीले प्रतिनिधिसभा भंग गरेर मध्यवधिमाजाने बाटो पनि रोज्न सक्छन् । तर यो बाटो त्यति सजिलो नहुने हुँदाओलीको रोजाई बैशाख पहिलो हप्ताल्याएको दलदर्ता सम्बन्धी अध्यदेशलाई पुर्नजिवित गरी अन्यदलसँगको सहकार्यमा सरकारमै टिकिरहनु हुन सक्छ ।

शीर्ष समाचार

धेरै पढिएको