October 22, 2024, Tuesday
KN hd tv

निजामती सेवा विधेयक: विभिन्न मन्त्रालयका कार्यरत नायब सुब्बाकाे सिंहदरबारभित्रै आन्दाेलन सुरु

काठमाण्डाै – संसदीय समितिले निजामती सेवा ऐन पारित गरेसँगै नायब सुब्बाहरु आन्दोलनमा उत्रेका छन् । 

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेको ऐनले नासुहरुको घाँटी निमोट्ने काम भएको भन्दै नासुहरु आन्दोलनमा उत्रिएका हुन् । विभिन्न मन्त्रालयका कार्यरत नासुहरुले सिंहदरबारभित्रै आन्दोलन सुरु गरेका हुन् । अर्थ मन्त्रालयमा कार्यरत नायब सुब्बा हिमाल आचार्यले ऐनले नासुहरुलाई विभेद गरेको बताउनुभयो । निजामती सेवा ऐन २०४९ ले दिएको वृद्धि विकास खोसेर ऐन आएको भन्दै उहाँले आपत्ति व्यक्त गर्नुभयो ।

गृह मन्त्रालयका नासु लक्ष्मण गुरागाईँले वृति विकासको ढोका बन्द गर्ने गरी मन्त्रीको सहमतिका बाबजुद पारित भएको ऐनको विरुद्धमा आन्दोलन गर्नुपरेको बताउनुभयो । सरकारले आफ्ना मागहरु पूरा नगरे आन्दोलन थप चर्किने उहाँले बताउनुभयो ।

तृतीय श्रेणी शाखा अधिकृत सरहको पदपूर्तिमा ५० प्रतिशत खुला, ३० प्रतिशत बढुवा र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनु पर्ने माग उनीहरुको छ ।

शीर्ष समाचार

धेरै पढिएको