October 22, 2024, Tuesday
KN hd tv

नेकपा स्थायी समिति बैठक: सदस्यहरुले धारणा राख्ने

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक अहिले जारी छ ।

आज स्थायी कमिटी बैठकको चौथो दिन हो । असार १० गते सुरु भएको बैठक बीचबीचमा स्थगित हुँदै अहिले बसिरहेको छ ।

स्थायी कमिटी बैठकका लागि तय भएका एजेन्डाकै विषयमा आजको बैठकमा सदस्यहरुले धारणा राख्ने कार्यसूची रहेको छ ।

यसअघिका बैठकमा नेताहरुले नेपाल भारत सीमा विवाद र सीमा विवाद हल गर्न चाल्नुपर्ने कदमका विषयमा धारणाा राखेका थिए ।

यो एजेण्डामा केही सचिवालय सदस्यबाहेक धेरैले धारणा राखिसकेका छन् । यसमा सरकारले अतिक्रमित नेपाली भूमि समेटेर नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद दिँदै भूमि भोगचलनका लागि पहल गर्न सुझाव दिइसकेका छन् ।

आजको बैठकमा कोभिड–१९ रोकथामको विषयमा पनि छलफल हुनेछ । बैठकमा उपस्थित स्थायी कमिटी सदस्यले यो एजेण्डा केन्द्रित छलफलमा सदस्यहरुले आ–आफ्ना धारणा राख्नेछन् ।

यसक्रममा नेताहरुले कोभिड नियन्त्रणमा सरकारले गरेका कामकारवाहीका विषयमा धारणा राख्नेछन् । साथै उनीहरुले औषधी उपकरण खरिदका क्रममा भएका अनियमितता र भ्रष्टाचारका विषय पनि उठाउने तयारी गरेका छन् । यसमा सरकारको आलोचना हुने निश्चित छ ।

कोभिड–१९ रोकथामपछि रहेको अर्को एजेण्डा समग्र सरकारका कामकारवाहीको समीक्षा गर्ने रहेको छ । 

शीर्ष समाचार

धेरै पढिएको