July 26, 2024, Friday
KN hd tv

पछिल्लो २४ घण्टामा थपिए १०५ कोरोना संक्रमित,२७२ जना निको, २ जनाको मृत्यु

काठमाडौं – आज देशैभरी १०५ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २,७९९ नमुना परीक्षणमा उपत्यकाका ५८ जनासहित १०५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला ४८ र पुरुष ५७ जना रहेका छन् । आज थपिएका १७१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ ।

त्यसैगरी आज देशैभरी २७२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २७२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुलसंख्या २ लाख ६७ हजार ५६४ पुगेको छ । निको हुनेको यो दर ९८.५ प्रतिशत हो ।

त्यस्तै आज देशैभरीमा २ जना कोरोना संक्रमितको निधन भएको छ । आज थपिएका २ जनासँगै हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०३५ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको