July 27, 2024, Saturday
KN hd tv

यमनमा जारी युद्धलाई समर्थन र सहयाेग नगर्ने अमेरिकी घाेषणा

वासिंटन– अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा जारी युद्धमा यसअघि गर्दै आएको सहायताबाट अमेरिका पछि हट्ने बताएका छन्।

साउदी अरेबियाको नेतृत्वमा भइरहेका आक्रामक कारबाहीलाई दिइँदै आएको अमेरिकी समर्थन र हतियारको बिक्री आफ्नो प्रशासनले रोक्ने उनले उल्लेख गरेका छन्।

बिबिसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लीज डुसेटले बाइडनको यो कदमलाई एकदमै महत्त्वपूर्ण भनी व्याख्या गरिन्। ‘यो युद्ध अन्त्य गर्नका लागि कठिन छ भन्ने विषयमा कसैलाई पनि द्विविधा छैन‚’ उनले भनिन्‚ ‘तर राष्ट्रपति बाइडनले पहिलो कदम चालेका छन् र यसले एकदमै सशक्त सङ्केत गरेको छ।’

द्वन्द्वले मानवीय र रणनीतिक विनाश निम्त्याएको भन्दै त्यसको अन्त्य हुनुपर्ने बाइडनले बताएका छन्।

तर साउदीहरूलाई उनीहरूको भूभाग र सार्वभौमिकताको रक्षाका लागि अमेरिकाले गर्दै आएको सहायता जारी राख्ने उनले बताए।

शीर्ष समाचार

धेरै पढिएको