July 27, 2024, Saturday
KN hd tv

आज देशभर थपिए १०५ कोरोना संक्रमित, २८८ निको, २ जनाको मृत्यु

काठमाडौं  पछिल्लो २४ घण्टामा देशैभरी १०५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३३०८ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका ६८ जनासहित देशैभरी १०५ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ४१ र पुरुष ६४ रहेका छन् ।

आज थपिएका १०५ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७० हजार ९५९ पुगेको छ ।

त्यसैगरी आज देशैभरी २८८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २८८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ । निको हुनेको यो दर ९८.३ प्रतिशत हो ।

त्यसैगरी आज २ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०२९ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको