July 27, 2024, Saturday
KN hd tv

संवैधानिक निकायहरुमा गरेको नियुक्ति सिफारिस सभामुखले फिर्ता पठाए (पत्रसहित)

काठमाडौँ – सभामुख अग्नि प्रसाद सापकोटाले संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको नियुक्ति सिफारिस फिर्ता पठाएका छन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा नियुक्ति सिफारिस गरेको भन्दै संसद सचिवालयमा पत्र पठाइएको थियो ।

सभामुख सापकोटाले मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै नियुक्ति सिफारिस संवैधानिक परिषद्मै फिर्ता पठाएका छन् ।

‘११ वटा संवैधानिक निकायमा रिक्तरहेका ती आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरु, अध्यक्ष तथा सदस्यहरुको नियुक्तीका लागि सिफारिस भई नेपालको संविधानको धारा २९२ बमोजिम यस सचिवालयमा पुस ९ मा पत्र प्राप्त हुन आइको सन्दर्भमा उपर्युक्त संवैधानिक आधार र कारण तथा अवस्था विद्यमान देखिन आएकाले संदीय सुनुवाई हुन नसकेको कारणले गर्दा तहाँबाट प्राप्त हुन आएको सम्पूर्ण सक्कलै कागजात यसै साथ फिर्ता पठाइएको छ’, पत्रमा भनिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको