July 27, 2024, Saturday
KN hd tv

राष्ट्रपति बाइडेनबाट ‘मेड इन अमेरिका’ कार्यकारी आदेश जारी

न्यूयोर्क– अमेरिकी राष्ट्रपति जो बाइडेनले आज अमेरिकन उत्पादनलाई प्रोत्साहन गर्ने ‘मेड इन अमेरिका’ कार्यकारी आदेश जारी गरेका छन् । सामान र श्रम खरिदमा अमेरिकन कम्पनीहरुलाई जाने संघीय खर्च बृद्धि गर्ने आफ्नो चुनावी प्रतिबद्धता पूरा गर्दै बाइडेनले कार्यकारी आदेश जारी गरेका हुन् ।

बाइडेनले अमेरिकन एजेन्सीहरुलाई आफ्ना सामान र सेवा अमेरिकी कामदार र विजनेशबाट लिनुपर्ने प्रावधान लागु गराउन कार्यकारी आदेश जारी गरेका हुन् । अमेरिकन सप्लाई चेनहरुले अत्यावश्यक रहेका पीपीई लगायतका सामाग्रीहरु विदेशी कम्पनीबाट खरिद गर्ने सार्वजनिक भए लगत्तै र अमेरिकी सरकारले कोरोनाबिरुद्धको लडाईमा बृहतरुपमा खर्च गर्ने योजनाका बीच बाइडेनको कदम आएको हो ।

शीर्ष समाचार

धेरै पढिएको