October 27, 2024, Sunday
KN hd tv

मोरङमा शिक्षकको हत्या गर्ने विप्लवका कार्यकर्ता पक्राउ

काठमाडौं–मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ता पेस्तोलसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङले शिक्षक श्रेष्ठ हत्या आरोपमा विप्लव मोरङका इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई पक्राउ गरेको हो। उनीसहितका व्यक्तिले मोरङका व्यवसायीहरुसँग धम्क्याउँदै चन्दा माग गरेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले विकलाई पक्राउ गरेको हो ।

उनको साथबाट पेस्तोल १ थान तथा ३ राउण्ड गोली बरामद भएको मोरङका डिएसपी मानबहादुर राईले बताए।

शीर्ष समाचार

धेरै पढिएको