July 26, 2024, Friday
KN hd tv

आज देशैभरी ३२२ जनामा कोरोना संक्रमण, ३७४ जना निको, ६ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार ३०६ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १६३ जनासहित देशैभरी ३२२ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १२४ र १९८ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ११ जना, प्रदेश २ मा ५ जना, बागमती प्रदेशमा २०५ जना, गण्डकी प्रदेशमा ५७ जना, लुम्बिनी प्रदेशमा ३९ जना र सुदूरपश्चिममा ५ गरी जम्मा ३२२ संक्रमित थपिएका हुन् ।

आज थपिएका ३२२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ३७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३७४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ । निको हुनेको यो दर ९७.८ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९६५ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको