July 27, 2024, Saturday
KN hd tv

आफ्नो देशमा रहेका व्यक्तिलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउँदै कतार

दोहा- कतारले आफ्नो देशमा रहेका सबै व्यक्तिलाई कोभिड- १९ को भ्याक्सिन निःशुल्क उपलब्ध गराउने भएको छ ।

त्यसका लागि हेल्थ कार्ड अर्थात् मेडिकल इन्सुरेन्स नभएका व्यक्तिहरूलाई पनि नाम दर्ता गर्न आग्रह गरिएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका खोप प्रमुख डा. सोहा अल बायतका अनुसार हेल्थ कार्ड नभएकाहरुलाई पनि तोकिएको हेल्थ सेन्टरहरूमा गई भ्याक्सिन लगाउनका लागि आफ्नो नाम दर्ता गराउन अनुरोध गरेका छन् ।

भाइरसबाट सबै समुदायलाई बचाउन खोप लिन प्रोत्साहित गरिएको डा.अल बायतलाई उद्धृत गर्दै पेनिन्सुला अनलाइनले जनाएको छ ।

कोरोना खोप कतार विश्वविद्यालय स्वास्थ्य केन्द्र, अल वाब स्वास्थ्य केन्द्र, अल खोर स्वास्थ्य केन्द्र, अल वाजबा स्वास्थ्य केन्द्र, लेबाब स्वास्थ्य केन्द्र, अल रूवाईस स्वास्थ्य केन्द्रमा उपलब्ध रहेको जनाएको छ ।

यसैगरी उम सलाल स्वास्थ्य केन्द्र, रावदत अल खाइल स्वास्थ्य केन्द्र, अल थुमा स्वास्थ्य केन्द्र र मुइथर स्वास्थ्य केन्द्रहरूबाट खोप लिन सकिने जनाएको छ ।

नाम दर्ता गराएका व्यक्तिहरुलाई फोन वा एसएमएस मार्फत सम्पर्क गरिनेछ र उनीहरूलाई तोकिएको स्वास्थ्य केन्द्रहरू मध्ये कुनैबाट खोप दिइने मिति सूचीत गरिनेछ।

शीर्ष समाचार

धेरै पढिएको