October 27, 2024, Sunday
KN hd tv

प्रधानमन्त्री ओलीलाई अपमानजनक हिसाबले पार्टीबाट बाहिर पठाउने कोशिस गरियो

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा ‌ओली पक्षका नेता शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओ‌लीले राम्रो काम गर्दा चारैतिरबाट घेराबन्दीमा परेको र अपमानजनक हिसाबले पार्टी र आन्दोलनबाट बाहिर पठाउने कोशिस गरिएको बताएका छन्। 

‘नेपाली कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाले एउटै पुस्ताले तीनवटा क्रान्तिको नेतृत्व गरेको कुरा सगौरव चर्चा गर्नुहुन्थ्यो। वास्तवमा क्रान्तिको इतिहासमा यो अनुपम कुरा नै थियो। तर दुनियामा एउटा क्रान्तिबाट युगको परिवर्तन हुन्छ। तर हामी कहाँ तीनवटा क्रान्तिपछि पनि युग परिवर्तनको आभाष दिन सकिएको छैन‚’ बिहीबार फेसबुकमार्फत् एक स्टाटस राख्दै मुख्यमन्त्री पोखरेलले लेखेका छन्‚ ‘यस्तो किन? पुरानो पुस्ताका नेताले खोज्ने कोशिस कहिले गर्नुभएन। कमरेड केपीले त्यसको समाधान दिने प्रयास के गर्नु भएको थियो। उहाँलाई चारैतिरबाट घेराबन्दी गरियो र अपमानजनक हिसाबले पार्टी र आन्दोलनबाट बाहिर पठाउने कोशिस गरियो।’

शीर्ष समाचार

धेरै पढिएको