July 27, 2024, Saturday
KN hd tv

युकेबाट नेपाल आएका तीन जनामा नयाँ रुपको कोरोना भाइरस संक्रमण

काठमाडौं- संयुक्त अधिराज्य (युके) बाट नेपाल आएका तीन जनामा नयाँ रुपको कोरोना भाइरस संक्रमणको संकेत देखिएको छ।

पुस १ गते यता नेपाल आएका २७७ जनामध्ये ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। जसमध्ये तीन जनामा नयाँ रुपको संक्रमणको संकेत देखिएको इपिडिमियोलोजी तथा रोगत नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए। 

उनका अनुसार तीन जनाकै नमुना थप परीक्षणका लागि ह‌ङकङमा पठाउने तयारी भएको छ। 

पुरानो कोरोना भाइरसको तुलनामा नयाँ स्वरूपको भाइरसको संक्रमण दर बढी हुने र शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि छिटो आक्रमण गर्न सक्ने हालसम्मका अध्ययनले देखाएको बताइएको छ।

शीर्ष समाचार

धेरै पढिएको