July 27, 2024, Saturday
KN hd tv

४२६ जना थपिए कोरोना भाइरस संक्रमित

काठमाडौं– नेपालमा आज थप ४२६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५२२५ जनाको गरिएको पीसीआर परीक्षणमा ४२६ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ७४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५३ हजार १ सय ७ जना छन् । नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १८६४ रहेको छ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा १६७ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा १३४, भक्तपुरमा १५ र ललितपुरमा १८ जना संक्रमित थपिए ।

शीर्ष समाचार

धेरै पढिएको