July 27, 2024, Saturday
KN hd tv

शुक्रबारबाट सुरु हुँदै राष्ट्रिय सभा

काठमाडौं–राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिले शुक्रबारदेखि सुरु हुने राष्ट्रिय सभा अधिवेशनको पहिलो बैठकको कार्यसूचीका विषयमा छलफल गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो ४ बजे अधिवेशन आव्हान गरेकी छन्। पहिलो बैठकको कार्यसूचीका विषयमा छलफल गर्न समितिको बैठक बिहीबार नयाँबानेश्वरमा बसेको हो।

कार्यसूचीअनुसार शुक्रबारको बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाइनेछ। मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि सभामा सुनाइनेछ भने सरकारबाट जारी भएका अध्यादेशहरुबारे राष्ट्रिय सभामा जानकारी दिइनेछ।

राष्ट्रिय सभाका अध्यक्षबाट जारी भएको समिति गठनसम्बन्धी आदेश पनि पेश हुने कार्यक्रम रहेको छ। 

शीर्ष समाचार

धेरै पढिएको