July 27, 2024, Saturday
KN hd tv

देशभर २४ घण्टामा ५११ कोरोना संक्रमित थपिए [विवरणसहित]

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ३०० रहेको छ ।

यसअघि मंगलबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ थियो ।

थप ६०० जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ६०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५१ हजार ९१२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि मंगलबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ३१२ रहेको थियो ।

थप ७ कोरोना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८४७ पुगेको छ ।

यस्तो छ मन्त्रालयको विस्तृत विवरण

शीर्ष समाचार

धेरै पढिएको