July 26, 2024, Friday
KN hd tv

प्रदेश १ का तीन मन्त्रीद्धारा राजीनामा

काठमाडाै‌ं-प्रदेश १ का तीन मन्त्रीले आइतबार पदवाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै उनीहरुले पदबाट राजीनामा दिएका हुन् ।

अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकासमन्त्री जीवन घिमिरे र दुई राज्यमन्त्रीले राजीनामा दिएका हुन्।  सामाजिक विकासमन्त्री घिमिरेसँगै राजीनामा दिनेहरुमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वास छन् । 

केन्द्रमा नेकपा विभाजित भएपछि त्यसको असर प्रदेश १ मा पनि परेको हो।  अविश्वासको प्रस्ताव तयारी गरेको भन्दै शनिबार मुख्यमन्त्री राईले आङ्बोलाई बर्खास्त गरेका थिए । अर्थमन्त्री आङबो यसअघि बादल समूहमा थिए ।

शीर्ष समाचार

धेरै पढिएको