July 27, 2024, Saturday
KN hd tv

थप ६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७४९ पुग्यो

काठमाडौं- नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार १३ जना संक्रमितको मृत्यु भएको थियो।

एकै दिन ७ सय ७६ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ। कुल संक्रमितमध्ये ९ हजार ५ सय ८० जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ६ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ५५ हजार ७ सय २४ पुगेको छ। हाल ४ सय ४४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको