July 27, 2024, Saturday
KN hd tv

नेकपा नेता लामाको निधनप्रति अध्यक्ष दाहालले दुःख व्यक्त

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य तथा पूर्व-राजदूत कमान सिंह लामाको मृत्युप्रति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दु:ख व्यक्त गरेका छन्। अध्यक्ष दाहालले बिहीबार एक शोक वक्तव्य जारी गर्दैै दुख व्यक्त गरेका हुन्। 

‘कमरेड लामाको जन्म २००८ साल फागुन ९ गते बुबा चन्द्र सिं लामा र आमा मिश्रीमाया लामाबाट भएको थियो। २०३३ सालमा कमरेड निर्मल लामा नेतृत्वको ने.क.पा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएका कमरेड लामा २०३५ सालमा मेरो नेतृत्वमा गठित अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य हुनुभयो’ भनिएको छ, ‘२०६३ सालमा पुनःस्थापित संसद सदस्य रहनुभएका उहाँ दक्षिण कोरियाका राजदूत हुनुभएको थियो।’ 

उनले नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष दाहालले बताएका छन्। हक्की, निडर र जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेको उनले बताए। 

जुझारु बौद्धिक व्यक्तित्वका धनी लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न अभावको महशुस गरेको प्रष्ट्याए। 

‘दिवंगत कमरेड लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु’ भनेका छन्।

कोरोना संक्रमणको क्रममा उपचारमा पूर्वराजदूत लामाको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत मृत्यु भएको थियो।

शीर्ष समाचार

धेरै पढिएको