July 27, 2024, Saturday
KN hd tv

बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा बैठक सुरु भएको जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक विषयमा बैठकमा कुरा हुने पनि उनले जानकारी दिएका छन्। 

राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा नेकपामा पनि किचलो चुलिएको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्। प्रधानमन्त्रीले संविधान र व्यवस्था विरोधीहरुको सक्रियता बढ्दै गएको भन्दै त्यसविरुद्ध एकजुट हुन दलहरुलाई आग्रह गरेका छन्। 

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता रहेको छ। 

शीर्ष समाचार

धेरै पढिएको