July 27, 2024, Saturday
KN hd tv

नेपालमा कहाँबाट ल्याइदैछ कोरोनाविरुद्धको खोप ? (पूरा पढ्नहोस्)

काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभ्याक्सअन्तर्गत २० प्रतिशत खोप सहुलियत दरमा ल्याइने बताएका छन् ।

प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा मन्त्री ज्ञवालीले कोरोनाविरुद्धको खोप नेपालमा ल्याउने बारेमा सरकारले पहल गरिरहेको बताउँदै कोभ्याक्सअन्तर्गत २० प्रतिशत खोप सहुलियत दरमा आउने र बाँकी ल्याउन विभिन्न मित्र राष्ट्रसँग पत्राचार भइसकेको जानकारी दिएका छन् ।

सांसद सुजाता कोइरालाले कोरोनाविरुद्धको खोप नेपालमा कहिलेसम्म आइपुग्छ र वितरण सम्बन्धमा सरकारको योजना के छ भनी प्रश्न गरेकी थिइन् ।

शीर्ष समाचार

धेरै पढिएको