July 27, 2024, Saturday
KN hd tv

अभिनेत्री श्वेता खड्का २२ गते विवाह गर्दै

काठमाडौँ- अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्।

मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले विहे गर्न लागेकी हुन्।

उनीहरू दुबै केही वर्ष देखि प्रेम सम्वन्धमा थिए।

उनिहरुकाे विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा रावतसँग विवाह हुदै छ ।

मंसिर ५ गते उनको विवाह हुन लागेको खबर सार्वजनिक भएको थियो जसलाई उनले आफ्नो तत्कालै विवाह गर्ने योजना नरहेको बताउँदै खण्डन गरेकी थिइन्।

‘कहाँ भेटिएला’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यू भएकी श्वेताको यो दोश्रो विवाह हो। यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्।

विवाहको करिव एक महिनापछि श्रेष्ठकाे साउन २५ गते उपचारका क्रममा भारतमा मृत्यु भएको थियो।

शीर्ष समाचार

धेरै पढिएको