July 27, 2024, Saturday
KN hd tv

सत्ताको दुरुपयोग गरे राजाको हालत हुने कांग्रेसका नेता गिरीको चेतावनी

काठमाडौ – नेपाली कांग्रेसका नेता दीपक गिरीले तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहा गर्न माग गरेका छन् । उहाँले सरकारको अधिनायकवादी चरित्र भन्दै नेता गिरीले लोकतान्त्रिक व्यवस्थालाई नै चुनौती दिने गरि तनहुँमा भएको घटना निन्दनी भएको बताए ।

“कांग्रेसका कार्यकर्तामाथी धरपकड गर्ने, शिर्ष नेतृत्वलाई नै नियन्त्रणमा लिइनु सरासर दादागिरी हो । यसको घोर भत्र्सना गर्दछु,” नेता गरिीले भने, “तत्काल उहाँलाई रिहा नगरिए नेपाली कांग्रेस चुप बस्नेछैन । ” उनले विगतमा पञ्च र राजाले जस्तै सत्ताको दुरुपयोग गरे कांग्रेसले त्यस्तो बाटोमा हिँड्नेहरुलाई राजा र पञ्चकै हालत बनाइदिने चेतावनी पनि दिए । आज तनहुँका प्रमुख जिल्ला अधिकारीको आदेशमा कांग्रेस वरिष्ठ नेता पौडेल र कांग्रेसका कार्यबहाक सभापति जीतप्रकाश आलेलाई पक्राउ गरिउको छ ।

व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्धाटन स्थलबाट प्रहरीले पक्राउ गरेको छ । वरिष्ठ नेता पौडेलसंगै तनहुँ कांग्रेसका कार्यबहाक सभापति जीतप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको