July 27, 2024, Saturday
KN hd tv

नेकपा सचिवालय बैठक सर्‍यो, बैठकमा प्रधानमन्त्री पनि उपस्थित हुने

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक दिउँसो २ बजेका लागि सारिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १ बजे बस्ने भनिएको बैठक एक घण्टाका लागि सारिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

शीर्ष नेताहरुको कार्यव्यस्तताका कारण बैठक केही समयपछि बस्ने उनले जानकारी दिए । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् ।

ओलीले मंगलबारको बैठकमा आजको बैठकमा आफू उपस्थित हुन नसक्ने बताएका थिए । संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टीको बैठकमा प्रधानमन्त्री अनुपस्थित हुने कुरै नरहने बताए ।

मंगलबारको बैठकमा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएको थियो । प्रधानमन्त्री ओलीले बैठकको औचित्य नभएको भन्दै स्थगित गर्न भनेपछि प्रचण्डले ‘बैठक किन नबस्ने ?’ भन्दै प्रश्न गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको