July 27, 2024, Saturday
KN hd tv

बैठक सञ्चालन गर्ने प्रचण्ड–नेपालको तयारी

काठमाडौं –सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बसेको सचिवालय बैठकमा भनाभन भएपछि आजका लागि तय भएको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी होलान् कि नहोलन् भन्ने सो पार्टीका नेता कार्यकर्तामा चासो बढेको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रचण्डको प्रतिवेदनलाई लिएर मंगलबारको बैठकमा भनाभन भएको थियो । प्रचण्डको प्रस्तावमाथि छलफल हुन नसक्ने, प्रचण्डले माफी माग्नुपर्ने, अल्पमत र बहुमत नमान्ने र बुधबारको बैठकमा आफु नआउने ओलीले मङ्गलबारै संकेत गरेका थिए ।

तर अरु नेताहरुले ओलीको भनाइको प्रतिपाद गर्दै अनौपचारिक सम्वादसँगै औपचारिक छलफल नरोक्ने अडान लिएका थिए । सोही अनुसार बुधबार दिउँसो १ बजे बैठक बस्नेगरी बैठकले निर्णय गरेको थियो ।

तर बुधबार बिहान साढे १० बजेसम्म पनि नेताहरुबीच कुनै अनौपचारिक छलफल नभएको ओली र प्रचण्डको सचिवालयले जनाएका छन् । यसैबीच आजका लागि पूर्वनिर्धारित बैठक नरोकिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘पूर्वनिर्धारित बैठक रोकिदैन’ प्रवक्ता श्रेष्ठको भनाइ छ । उनले प्रधानमन्त्री तथा अध्यक्ष ओली बैठकमा सहभागी हुने नहुने १ बजे बालुवाटार पुगेपछि मात्रै थाहा हुने प्रतिक्रिया दिए ।

शीर्ष समाचार

धेरै पढिएको