October 27, 2024, Sunday
KN hd tv

रोनाल्डोले चुमे ‘गोल्डेन फुट अवार्ड’

काठमाडौं– युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल्डेन फुट अवार्ड हात पारेका छन् । रोनाल्डोले लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्की र मोहमद सलाहलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।

रोनाल्डोले पहिलो पटक यस अवार्ड हात पारेका हुन् । मनोनयनमा परेका १० खेलाडीमध्ये रोनाल्डोले सर्वाधिक मत ल्याएका थिए ।

मनोनयनमा रोनाल्डो, मेस्सी, लेवान्डोस्की, सलाहसँगै नेयमार, जर्जियो चेलीनी, सर्जियो रामोस, सर्जियो अग्युरो, जेरार्ड पिके र अर्टुरो भिडाल रहेका थिए ।

गत वर्ष यस अवार्ड रियल मड्रिडका लुका मोड्रिचले जितेका थिए । मोनाको आयोजित एक कार्यक्रममा रोनाल्डोलाई उनको फुट प्रिन्ट प्रदान गरिनेछ ।

शीर्ष समाचार

धेरै पढिएको