मोटरसाइकलबाट लडेर एक वृद्धाको मृत्यु
- Khabar Nirantar
- २०७७ मंसिर १६
मोरङ- विराटनगरकी एक वृद्धाको मोटरसाइकलबाट लडेर मृत्यु भएको छ ।
मोटरसाइकलबाट खसेर घाइते भएकी विराटनगर महानगरपालिका–१५ रामजानकी चोककी ६० वर्षीया मनाकामना झाको मृत्यु भएको हो ।
मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा न्युरो अस्पतालमा साँझ ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
अचानक विरामी भएकी उनलाई छोरा राजन झाले को १२ प ३५६ नम्बरको मोटरसाइकलमा राखेर उपचारका लागि न्युरो अस्पताल लाँदै गर्दा उनी लडेकी थिइन् ।
शीर्ष समाचार
- वामदेवले कम्युनिस्ट पार्टीका प्रमुखसँगको भेटवार्तालाई बनाए तीब्र
- आज खुमलटारमा प्रचण्ड र राजेश हमालबीच भेटवार्ता
- सिन्धुपाल्चोकमा १० बर्षीया बालिका करणी आरोपमा एक वृद्ध पक्राउ
- आज राष्ट्रिय सभाको बैठक बस्दै
- अनिश्चितकालका लागि स्थगित भयो सुदूरपश्चिम प्रदेशसभा बैठक
धेरै पढिएको
-
दोहोरो अङ्कले बढ्यो प्रि-ओपनिङमा नेप्से
२०७९ असार १३
प्रतिकृया दिनुहोस्