March 21, 2023, Tuesday
२०७९ चैत्र ७, मंगलवार
KN hd tv

कपिलको शोबाट हट्दै भारती सिंह

काठमाडौं – भारतीय कमेडी शो’द कपिल शर्मा शो’ ले विश्वभर दर्शक कमाएको छ।  भारतको नम्बर एक कमेडियन शोले दर्शकलाई मनोरञ्जन दिन्छन्। यो टिमलाई कमेडीको सक्षम टीम मानिन्छ।

तर, बढ्दो लोकप्रियतासँगै यो कार्यक्रम विस्तारै धरासायी बन्दै गएको छ। कलाकारहरु टुक्रिँदै गएपछि शो धरासायी बनेको हो। ड्रग्स प्रकरणमा पक्राउ परेपछि  कार्यक्रमकी महत्वपूर्ण हिस्सा रहेकी कमेडियन भारती सिंहलाई कपिल शर्मा शोबाट हटाइएको भारतिय संचारमाध्यमले जनाएका छन्।  शो बाट हट्ने क्रम यो पहिलो पटक भने होइन्। यसअघि पनि धेरै कलाकारले शो छोडेका छन्।

निर्माताहरू कुनै आरोपमा  फसेका कलाकारलाई कार्यक्रममा राखेर विवादमा पर्न चाहेनन्। किनभने यो शो फ्यामली शोका रुपका प्रस्तुत गरिने गरिएको छ। यसमा भारतीलाई शोमा राख्नु  उचित नभएको भन्दै हटाइएको हो।

यसअघि पनि शोबाट सुनील ग्रोभर टाढिएका थिए। सुनील कपिलको शोको सबैभन्दा महत्त्वपूर्ण अंश थिए।

शीर्ष समाचार

धेरै पढिएको