July 27, 2024, Saturday
KN hd tv

उत्तर कोरियाद्धारा दुईजना अधिकारीलाई मृत्युदण्ड

एजेन्सी – उत्तर कोरियाली नेता किम जोङ उनले देशलाई कोरोनाभाइरसबाट टाढा राख्न कम्तीमा दुई जनालाई मृत्युदण्ड दिन, समुद्रमा माछा मार्न र राजधानी प्योङ्गयाङ बन्द गर्न आदेश दिएको दक्षिण कोरियाली गुप्तचर एजेन्सीले शुक्रबार जानकारी दिएको छ ।

किमको सरकारले देश बाहिर रहेका आफ्ना कूटनीतिज्ञलाई अमेरिकालाई उत्तेजित बनाउने कुनै किसिमका क्रियाकलाप नगनै आदेश दिएको छ । अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनको उत्तर कोरियाप्रतिको धारणा प्रति किमको सरकार चिन्तित रहेको त्यहाँका सांसदले बताएका छन् ।

सांसद हा तेई क्यूङले एनआईएससँगको कुराकानीमा किमले असाध्यै रिस देखाइरहेको र महामारी र यसले निम्त्याउने प्रभावप्रति तर्कहिन उपाय अपनाइरहेको बताएका छन् ।

उनलाई उद्धृत गर्दै एनआईएसले दिएको जानकारी अनुसार उत्तर कोरियाले पैसा साट्ने एक उच्च पदस्थ अधिकारीलाई गत महिना मृत्युदण्ड दिन आदेश दिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको