October 27, 2024, Sunday
KN hd tv

‘संसदको अधिवेशन छिट्टै सुरु हुन्छ, कर्मचारीलगायत सबैले पूर्वतयारी गर्नुहोला’: कानुनमन्त्री

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङफेले संघीय संसदको नियमित अधिवेशन आह्वानको तयारी भइरहेको बताएकी छन्। राजधानीमा सुरु भएको संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन्।

कानुनमन्त्री तुम्बाहाङ्फेले भनिन्, ‘कति गते भन्ने टुंगो लागिसकेको छैन, तर अब छिट्टै नियमित अधिवेशन सुरु हुन्छ। कर्मचारीलगायत सबैले पूर्वतयारी गर्नुहोला।’

संघीय संसद सचिवालयको आयोजनामा संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको कार्यक्रमको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा उद्घाटन गरे।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले संसदको यो अवधिमा कति कानुन निर्माण गर्न सक्यौं, सामाजिक न्यायका लागि कति काम गर्न सक्यौं भनेर समीक्षा गरिनुपर्ने बताइन्। उनले पछिल्लो प्रतिवेदनले नेपाललाई भ्रष्टाचारमा अगाडि देखाएको विषयलाई ख्याल राख्दै संघ प्रदेश सबैले सचेत भएर अघि बढ्नुपर्ने धारणा व्‍यक्त गरिन्।

कार्यक्रममा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल, संसद सचिवालयका सचिवहरु धु्रबप्रसाद घिमिरे र सुदर्शन खड्काको सहभागी छन्।

शीर्ष समाचार

धेरै पढिएको