May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६, बुधबार
KN hd tv

दाङमा गोलीको छर्राले घाइते अवस्थामा भेटिए एक व्यक्ति

काठमाडौं– दाङमा  गोलीको छर्रा लागेर घाइते भएको अवस्थामा एक व्यक्ति भेटिएका छन् । तुलसी उपमहानगरपालिका–१३ का ४५ वर्षीय खुसलराम पौडेल गोली लागेर घाइते भएको अवस्था भेटिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका डिआइजी रवीरन्द्र धानुकले जानकारी दिए।

पौडेलको तिघ्रामा २ वटा र ढाडमा ३ वटा गोलीको छर्रा लागेको छ । ‘घाइते अवस्थामा भेटिएका पौडलको शरीरका गोलीका छर्रा लागेको छ। हामी अनुसन्धान गर्दैछौ।’

पौडेल गएराति ९ बजे लमही नगरपालिका–९ को च्याउ खोला जंगलमा घाइते अवस्थामा भेटिएका हुन् ।

पौडेलको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको