July 27, 2024, Saturday
KN hd tv

महोत्तरीमा ६ वर्षीया बालिकाको हत्या, आरोपित भन्छन्- नशामा थिएँ

काठमाडौं– महोत्तरीमा ६ वर्षीया बालिकाको हत्या भएको छ। गत आइतबारदेखि हराइरहेकी ६ वर्षीया बालिकाको शव सोमबार राती बोराभित्र फेला परेको हो। 

महोत्तरीको बर्दिबास–१४ शुभम् बस्तीकी सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव बोराभित्र फेला परेको प्रदेश २ का प्रवक्ता एसपी कृष्ण प्रसाईंले जानकारी दिए।

बालिकाको घर नजिक रहेकाे सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालय नजिकको एक झाडीमा बालिकाको शव फेला परेको हो। 

बालिकाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले महोत्तरीकै गौशाला–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ। उनले अपराध स्वीकारसमेत गरेको एसपी प्रसाईंले जानकारी दिए।

पसलमा चक्लेट किन्न गएका बेला साहले ती बालिकाको बलात्कारपश्चात् हत्या गरेको बयान दिएका छन्।

उनले हत्यापछि बोरामा प्याक गरेर फ्याँकेको समेत बयान दिएका छन्। हत्याको कारण भने खुलिसकेको छैन। 

स्थानीयले भने साहले बलात्कारपछि बालिकाको हत्या गरेको आरोप लगाएका छन्। बलात्कार हो या होइन भन्नेबारे जाँचपछिमात्र थप भन्न सकिन एसपी प्रसाईंले बताए। प्रहरीले बालिकाको शव पोस्टमार्टमका लागि पठाएको छ।

स्थानीयले भने बलात्कार भएको भन्दै आरोपित युवकको घरमा समेत आगो लगाएका छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो। अहिले भने स्थिति सामान्य अवस्थामा आएको प्रहरीले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको