July 27, 2024, Saturday
KN hd tv

सरकार स्वार्थमा डुबेको छः सिंह

काठमाडौं–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनजीविकाको सवालमा सरकार गैरजिम्मेवार रहेको आरोप लगाएका छन्।

काठमाडौं क्षेत्र नम्बर १ मा मतदातासँगको भेटघाटमा सिंहले कोरोना महामारीको बेलामा समेत सरकार रमिते रहेको बताए। विषम परिस्थितिमा भ्रष्टाचारमा लिप्त र गैरजिम्मेवार बनेको आरोप लगाए। सिंहले भने,‘यो सरकार स्वार्थमा डुबेको छ । भ्रष्टाचारमा लिप्त छ।’

संघीयताको मर्म र भावनाअनुसार नीति निर्माणमा समेत चासो नदिनु दुःखद रहेको उनले बताए। कोरोना महामारीले कांग्रेस तत्काल सडक आन्दोलनमा जान नसकेको बताए। ‘भन्नुपर्ने ठाउँमा भनेकै छ, बोल्नुपर्ने ठाउँमा सबैले बोलेकै छ तर यो सरकारले सुन्दैन । यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको।’ उनले भने।

शीर्ष समाचार

धेरै पढिएको