सेयर बजार साढे तीन वर्षयताकै उच्च
काठमाडौं– नेपाल स्टक एक्सचेन्जको ‘नेप्से’ सूचक साढे तीन वर्षयताकै अधिकतम बिन्दुमा पुगेको छ। दोस्रो बजार २०७४ वैशाखयताकै सबैभन्दा अधिकतम बिन्दुमा पुगेको हो। २०७४ वैशाखमा १० गते १६९३ थियो। त्यसयता आजको बिन्दु सबैभन्दा धेरै हो। मंगलबार नेप्से सूचक २५.९८ अंकले सुधार हुने क्रममा १६७८.७९ अंकमा पुगेर रोकिएको छ।
विश्वव्यापी माहामारीको रुपमा रहेको कोरोना भाइरसको भ्याक्सिन सफलातापुर्वक परीक्षण भएको अमेरिकाको घोषणा पछि यसको प्रभाव नेपाली बजारमा पनि परेको हो। भ्याक्सिन तयार भएको समाचारले विश्वकै शेयर बजारमा सकारात्मक प्रभाव पारिरहेको छ। कोभिड- १९ ले विश्वकै अर्थतन्त्रलाई धरासायी बनाइरहेको छ। मानवीय जनजीवन नै प्रभावित पुर्याइरहेको कोभिडले सम्पुर्ण क्षेत्रलाई प्रभावित पारिसकेको छ। नेपालमा पनि कोभिडका कारण अर्थतन्त्रमा नराम्रो असर पुर्याएको हो।
गत वर्षदेखि नै सुधारको क्रममा रहेको सेयर बजारलाई कोभिड- १९ ले ठूलो असर पुर्याउँदै आएको छ। नेप्से सूचक अहिलेसम्मकै उच्च चार वर्ष दुई महिना अगाडि २०७३ साउन १२ गते १८८१ अंकसम्म पुगेको थियो। त्यसयता सेयर बजार लगातार घटिरहेको छ। नेप्से सूचक २०७३ साउनमा अधिकतम बिन्दु पुगेर २०७५ फागुन १२ गते सबैभन्दा तल्लो बिन्दु ११०२.३२ अंकसम्म झर्यो।
प्रतिकृया दिनुहोस्