October 27, 2024, Sunday
KN hd tv

नेकपा विवाद: प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकको माग गर्ने चार नेतालाई भेट्नुअघि ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

प्रचण्ड र सचिवालय बैठकको माग गर्ने सचिवालय सदस्य वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच अपराह्न ४ बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रचण्ड र ओलीबीचको भेटमा हाल नेकपामा देखिएको विवाद र सचिवालय बैठकबारे छलफल हुने स्रोतले बताएको छ ।

शीर्ष समाचार

धेरै पढिएको