July 27, 2024, Saturday
KN hd tv

एनआरएनएले सरकारसँग माग्यो नागरिकता र सम्पत्तिको सुरक्षा

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका नेपालीहरुको सम्पत्ति सुरक्षा र नागरिकता ग्यारेन्टीको माग गर्दै सरकारसमक्ष सुझाव पेश गरेको छ। गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार संघले गत बिहीवार नेपाल कानुन आयोगमार्फत् नेपालीको नागरिकता र सम्पत्तिसम्वन्धी अधिकार सुनिश्चित गर्न लागि एनआरएन ऐन मस्यौदा संशोधन गर्न माग गर्दै सुझाव दिएको हो।

केसी नेतृत्वको एक टोलीले कानुन आयोगका अध्यक्ष माधव पौडेलमार्फत् एनआरएनए ऐनको मस्यौदा सम्बन्धमा सुझाव पेश गरेको हो। आयोगसँगको छलफलमा उपाध्यक्ष डा. केसीले संघको तर्फबाट मस्यौदा ऐन सम्बन्धमा बुँदागत रुपमा संघको धारणा प्रस्तुत गरेका थिए।

आयोगका अध्यक्ष माधव पौडेलले प्राप्त सुझावहरुले गैरआवासीय नेपाली संघ ऐनलाई अझ व्यवस्थित गर्न सहयोग पुग्ने विचार व्यक्त गरेका थिए। उनले संविधानले व्यवस्था गरेको नेपालको गैरआवासीय नागरिकताको परिकल्पना र एनआरएनए ऐनले व्यवस्था गरेको गैरआवासीय नेपाली परिचयपत्रलाई थप व्यवस्थित गरी अधिकार सम्पन्न गराउन आयोगले सक्दो पहल गर्ने प्रतिवद्धता जनाए।

शीर्ष समाचार

धेरै पढिएको