October 27, 2024, Sunday
KN hd tv

कावासोती नगरपालिका एक हप्ताका लागि बन्द

नवलपरासी–कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका बन्द गरिएको छ।

नगरपालिकामा कार्यरत चार कर्मचारीमा बिहीबार कोभिड सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह गरिने सेवा एक हप्ताका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिए। 

आगामी कात्तिक २६ गतेसम्म नगरपालिका बन्द रहने भए पनि अत्यावश्यकीय सेवा प्रवाह भने नरोकिने पुरीले बताए। नगरपालिलकामा कार्यरत कुन तहका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएको भन्नेबारे भने नगरपालिकाले खुलाएको छैन। नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा प्रवाह बन्द गरिएको भए पनि नगरपालिकाका सबै वडा कार्यालयहरु भने खुला रहने प्रमुख प्रशासकीय अधिकृत पुरीले बताए। रासस

शीर्ष समाचार

धेरै पढिएको