July 5, 2022, Tuesday
२०७९ असार २२, बुधबार
KN hd tv

अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक नतिजामा बाइडेन अगाडि

एजेन्सी–अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक नतिजामा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन अगाडि देखिएका छन्। बिबिसीका अनुसार बाइडेन डेलावर, मेरिल्याण्ड, म्यासाचुसेट्स, न्युजर्सी र डिस्ट्रिक्ट अफ कोलम्बियामा अगाडि देखिएका छन्।

वर्तमान  राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले भने वेस्ट भर्जिनिया, ओक्लाहामा, टेनेसी, इण्डियाना र केन्टुकी राज्यमा जित्ने अनुमान गरिएको छ।

दुवै पक्षबीच कडा टक्कर भएको भनिएको फ्लोरिडामा भने ५१ प्रतिशत मत ट्रम्प र ४९ प्रतिशत मत बाइडेनको पक्षमा रहेको बताइएको छ।

शीर्ष समाचार

धेरै पढिएको