October 27, 2024, Sunday
KN hd tv

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु

न्यूयोर्क– विश्व शक्तिराष्ट्र अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ। अमेरिकाको न्यु ह्याम्सायरको डिक्सभील नोच र मिल्सफील्डबाट मतदान शुरु गर्ने परम्परा अनुसार त्यस ठाउँमा मतदान भइसकेको हो।  

नेपाली समयअनुसार मंगलबार बेलुकाबाट मतदान शुरु हुने भएको हो। अमेरिकाको स्थानीय समयअनुसार मंगलबार बिहान स्थानअनुसार ६ बजेदेखि ८ बजेसम्ममा मतदान सुरु भएको छ।

प्रत्यक्ष मतदान मंगलबार हुने भएपनि सोमबारसम्म अन्य माध्यमबाट झण्डै सात करोड अमेरिकी नागरिकहरुले मतदान गरिसकेको अधिकारीहरुले जनाएका छन्। 

चुनावको एक दिन बाँकी छँदा ६.९५ करोड अमेरिकीले हुलाकमार्फत् अथवा पहिल्यै मतदान गर्न पाउने व्यवस्थाअन्तर्गत मत दिइसकेको अधिकारीहरुले जनाएका छन्। अमेरिकामा हरेक निर्वाचनमा हुलाकमार्फत लाखौ मतदाताले मतदान गर्दछन्। 

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा तीन करोड ३० लाख अमेरिकीले हुलाकमार्फत् मतदान गरेकोमा यस पटक कोरोनाभाइरस महामारीलाई लिएर आठ करोड २० लाख मानिसलाई हुलाकमार्फत् मतदान गर्न आग्रह गरिएको थियो।

राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति तथा रिपब्लिकनका तर्फबाट उम्मेदवार बनेका डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका जो बाइडेनका बीचमा कडा प्रतिस्पर्धा भएको बताइएको छ। 

प्रतिस्पर्धीमध्ये ट्रम्प ७४ वर्ष र बाइडेन ७८ वर्षका भएकाले अमेरिकाको जिम्मेवारी बुढा नेतालाई नै पर्ने भएको छ। 

शीर्ष समाचार

धेरै पढिएको