July 27, 2024, Saturday
KN hd tv

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

दाङ – सल्यानमा मोटरसाइकल दुर्घटनामा परी दाङका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–४ गिधनियाका करिब २६वबर्षीय पूर्ण रेउले रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।  

सल्यानको लान्तीबाट श्रीनगरतर्फ आउँदै गरेको रा ३ प ४६४९ नम्बरको मोटरसाइकल सोमबार बेलुका ६ बजेतिर सल्यानको लान्ती बजार नजि दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल पछाडि बसेका रेउले गम्भीर घाइते भएका थिए । उन जिल्ला अस्पताल सल्यानामा उपचारको क्रममा मृत्यु भएको हो । 

रेउले कामका लागि सल्यान गएका थिए । दाङबाट गाडीमा लान्तीसम्म र लान्तिबाट उनी मोटरसाइकलको लिफ्ट लिइ श्रीनगरतर्फ जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल चालक सल्यानको शारदा नगरपालिका–१३ अन्तरकाडाका १८ वर्षीय सुमन बुढा र मोटरसाइकले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी प्रहरी कार्यालय सल्यानका प्रवक्ता एवं प्रहरी निरीक्षक लक्ष्मण ओली जानकारी दिए । 

शीर्ष समाचार

धेरै पढिएको