July 27, 2024, Saturday
KN hd tv

पर्यटकको चहलपलह बढ्न थाल्यो घलेगाउँमा

लमजुङ – कोरोना भाइरस संक्रमण जोखिमसँगै सरकारले जारी गरेको लकडाउनका कारण बन्द रहेको घलेगाउँ होमस्टे सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकहरुको आउन थालेको छन्। ६ महिनाभन्दा बढी बन्द रहेको होमस्टे दशैंपछि सञ्चालनमा आएको हो।

भदौको पहिलो सातादेखिनै घलेगाउँमा आन्तरिक पर्यटक आगमन खुला गर्ने भनिए पनि सरकारले पुनः जारी गरेको लकडाउनका कारण घलेगाउँ होमस्टे सञ्चालनमा आउन सकेको थिएन। यद्यपि, अहिले मुलुकभरका पेशा व्यवसाय सञ्चालन गर्ने अनुमति दिइएसँगै पर्यटन व्यवसायलाई पनि सहज बनाउन स्थानीय समितिले होमस्टे सञ्चालन गर्ने निर्णय गरेको थियो।

घलेगाउँ होमस्टे पुन सञ्चालन भएसँगै अहिले विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरु घलेगाउँ आउन थालेका स्थानीय दीर्घ घलेले बताए। हाल काठमाडौं, पोखरालगायत देशका विभिन्न स्थानबाट मोटरसाइकलमा आउने पर्यटकहरु बढेको घलेको भनाइ छ। पर्यटन व्यवसायलाई नै मुख्य पेशा बनाएर जीविकोपार्जन गर्दै आएका होमस्टे व्ययवसायीहरुमा व्यवसायिक संकट थपिँदै गएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी होमस्टे पुनः सञ्चालन गरेको घलेगाउँ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेले बताए। 

गत चैत्र ११ गतेदेखि शुरु भएको लकडाउनका कारण पर्यटकीय घलेगाउँमा आन्तरिक तथा बाह्य पर्यटक आगमनमा रोक लगाइएको थियो। हाल सरकारले लकडाउन खुकुलो बनाएसँगै आन्तरिक पर्यटक आगमनलाई खुला गरिएको घलेगाउँ पर्यटन समितिले जनाएको छ। सार्क नमूना गाउँको रुपमा चर्चा पाएको पर्यटकीय घलेगाउँमा पहिलो चरणमा आन्तरिक पर्यटकलाई मात्रै प्रवेश खुला गरिएको र त्यसपछि कोरोना भाइरस संक्रमणको अवस्था हेरी बाह्य पर्यटकलाई प्रवेश दिइने समितिको निर्णय छ।

२०५६ सालमा लुमजुङमा पहिलो ग्रामीण पर्यटनको अवधारण भित्रिएको हो। दक्षिण एशियाकै नमूना गाउँ, नेपालकै उत्कृष्ट होमस्टे जस्ता उपाधिहरुले पटक–पटक पुरस्कृत भएको घलेगाउँ पछिल्लो समय स्मार्ट भिलेजको अवधारणासहित अघि बढेको छ।

शीर्ष समाचार

धेरै पढिएको