October 27, 2024, Sunday
KN hd tv

काठमाडौं उपत्यकामा थपिए आज एक हजार तीन सय ५७ संक्रमित

काठमाडौं – उपत्यकामा शनिबार थप १ हजार ३ सय ५७ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा १ हजार १ सय १३, भक्तपुरमा ४९ र ललितपुरमा १ सय ९५ जना कोरोना संक्रमित थपिएका छन्। महिला ५ सय ६९ र पुरुष ७ सय ८८ छन्।

हाल काठमाडौं जिल्लामा १६ हजार ८ सय ९० सक्रिय संक्रमित छन्। २ सय १९ संक्रमितको मृत्यु, ४४ हजार ७ सय ४६ कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित ६१ हजार ८ सय ५५ रहेका छन्। होम आइसोलेसनमा १० हजार  ५ सय १ संक्रमित उपचाररत छन्।

भक्तपुरमा सक्रिय संक्रमित १ हजार १ सय ५१ रहेका छन्। ४ हजार ४ सय ८२ कोरोना संक्रमणबाट मुक्त भएका, ६६ संक्रमितको मृत्यु र कुल संक्रमित ५ हजार ६ सय ९९ रहेका छन्। होम आइसोलेसनमा बसी उपचार गर्नेको संख्या १ हजार ७ सय १९ पुगेको छ।

त्यसैगरी, ललितपुरमा २ हजार ३ सय ३ सक्रिय संक्रमित छन्। ६ हजार ४ सय ३१ कोरोना संक्रमणबाट मुक्त भएका छन्। ६० संक्रमितको मृत्यु र कुल संक्रमित ८ हजार ७ सय ९४ रहेका छन्। होम आइसोलेसनमा २ हजार १ सय ६५ छन्।

शीर्ष समाचार

धेरै पढिएको